nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

महोत्सवमा क–कस्ले मच्चाउँदैछन् हंगामा ?

मकवानपुरको उत्तरी क्षेत्रमा भदौ २९ देखि असोज ८ गतेसम्म हुन गइरहेको दोश्रो थाहा महोत्सवमा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुतिमार्फत् हंगामा मच्चाउने भएका छन् । पहिलो महोत्सवमा अधिक मन पराएका तथा आम दर्शकहरुको अपेक्षाअनुसारको राष्ट्रिय कलाकारहरु थाहा महोत्सवमा आउने भएपछि महोत्सवको रौनकता बढ्न अपेक्षा गरिएको साझाकुरा दैनिकमा जर्म श्रेष्ठले खबर लेखेका छन् । 

बेमौसमी तरकारीको भण्डार तथा पर्यटकीय नगरको रुपमा परिचित थाहानगर र आसपासका गाविसका दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्न आयोजक कमिटीले कुनै कन्जुस्याइँ नगरी कलाकारहरु छनौट गरिएको आयोजक समितिका महासचिव सुरेन्द्रमान प्रधानले बताए । उनल भने ‘हामीले थोरै पारिश्रमिकका कलाकारहरु महोत्सवमा ल्यायौ भने दर्शकहरुको अपेक्षाअनुसार मनोरञ्जन दिन सक्दैनौं, त्यो हामीले पहिलो महोत्सवमै भागेको व्यथा हो । तसर्थ यसवर्ष जुन कलाकारको जति सुकै पारिश्रमिक भएता पनि आम दर्शकहरुको रोजाइँको कलाकारहरु ल्याउने कार्यमा हामी जुटिरहेका छौं । 

हामी दर्शकहरुलाई महोत्सव खल्लो हुन्न भन्ने कुरामा विश्वस्त पार्न चाहन्छौं । थाहानगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुने दोस्रो थाहा महोत्सवमा पछिल्लो समय निकै चर्चामा रहेकी लोक गायिका तथा हट मोडल ज्योति मगर, चर्चित गायकहरु प्रमोद खरेल, बद्री पंगेनी, सदावहार लोकप्रिय गायिका कोमल ओली आउने पक्का भएको छ भने हास्यकलाकारमा छोटो समय चर्चा पाएको हाँस्य टेलिश्रृङ्खला भद्रगोलका पाँडे तथा जिग्रीे दर्शक हसाउन आउनेछन् । महोत्सवमा थाहा आइडलले समेत थप मनोरञ्जन दिनेछ । 

पहिलो महोत्सवको आइडलमा गायन प्रतियोगिता भएकोमा यसवर्ष एकल नृत्य प्रतियोगितासमेत समावेश गरिएकोले महोत्सव थप रमाइलो हुने आयोजकको दाबी छ । दर्शकहरुको अपेक्षाभन्दा पृथक महोत्सव बनाउन हेलिकोप्टर चढ्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ । तयारीको अन्तिम चरणमा रहेको महोत्सवमा उपस्थित दर्शक तथा अतिथिहरुको स्वागतका लागि ५ ओटा स्वागतद्वार रहने अध्यक्ष कविराज खत्रीले बताए ।