Sunday, 21st June, 2026
वि.स.

मन्त्रिपरिषदबाट बजेट स्वीकृत, राष्ट्रपतिबाट प्रमाणीकरण

Council_of_Minister_MNM2M-1622273767.jpg

आर्थिक वर्ष २०७८/७९ को बजेट सवा १६ खर्ब रुपैयाँको हुने भएको छ। अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो।

आज शनिबार  ४ बजे सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गर्नेछन्। बजेट अध्यादेशमा राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाइसकेकी छन्। दिउँसो ११ बजे बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेपछि राष्ट्रपतिले लालमोहर लगाएकी हुन्।

अर्थमन्त्रीका रूपमा पौडेलको यो दोस्रो बजेट हो। पाँच वर्षअघि उनले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट ल्याएका थिए। केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा यो बजेट ल्याइएको थियो।

गत आर्थिक वर्षको भन्दा यसपालीको बजेट डेढ खर्ब रुपैयाँले बढी हुने छ। सरकारले यसपाली कोभिड नियन्त्रणका लागि आवश्यक पूर्वाधारका साथै खोपको व्यवस्था गर्न ठूलो बजेट छुट्याउँदैछ। केही विकास कार्यक्रमहरु स्थगन गरिएर त्यो बजेट यतातिर लगाउन लागेको हो।

यसबाहेक सरकारले ३० अर्ब रुपैयाँ निर्वाचनका लागि छुट्याउँदैछ। निरन्तर चलिरहेको परियोजनाहरुले पनि बजेट पाउँदैछन्। त्यही कारण यसपाली सरकारको बजेट बढेर सवा १६ खर्ब रुपैयाँ पुगेको अर्थका अधिकारीहरुले बताए।

पोहोर सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको थियो। यसपाली सरकारले बजेट ठूलो बनाएसँगै आन्तरिक र बाह्य ऋणका साथै राजस्वको लक्ष्य पनि फराकिलो राखेको छ।

सरकारले यसपाली राजस्व २१ प्रतिशतले बढ्ने लक्ष्य राखेको छ। पोहोर ८ खर्ब ८९ अर्ब ९२ करोड रुपैयाँ राजस्व लक्ष्य राखेको थियो। वैदेशिक अनुदान ६० अर्ब ५२ करोड रुपैयाँ राखेको थियो। यसबाट अपुग हुने ५ खर्ब २४ अर्ब ५० करोड रुपैयाँमध्ये २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण र २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट उठाउने लक्ष्य राखेको थियो।

यसपाली आन्तरिक ऋण २ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढि उठाइने छ भने वैदेशिक ऋण साढे ३ खर्ब उठाउने लक्ष्य छ। सरकारले अनुदान पनि केही बढी आशा गरेको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०