Saturday, 5th September, 2026
वि.स.

मजुवाका किसानलाई बंगुरपालन तालीम

bangur-1477128718.jpg

पशुसेवा केन्द्र पालुङ ‘क’ को व्यवस्थापनमा मकवानपुरको गोगने गाउँ विकास समिति वडा नम्बर ७ मजुवामा एक दिने बंगुर विकास प्रवद्र्धन कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि तालीम सम्पन्न भएको छ।
पशुसेवा केन्द्रको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक कार्यक्रम अन्तर्गत भएको तालीममा मजुवा स्थित मगर समुदायका १० परिवारका १२ जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई कृषि पशुसेवा केन्द्र पालुङका पशु विकास अधिकृत महेन्द्र भण्डारीले सहजीकरण गरेका थिए । 
तालीम पाएका १० परिवारलाई पशुसेवा कार्यालयबाट खोर सुधारका लागि पाँच/पाँच हजार तथा पाठापाठी खरिदका लागि दुई/दुई हजार रुपियाँ नगद तथा अरु प्राविधिक सहयोग हुने अधिकृत भण्डारीले बताए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif