Saturday, 12th September, 2026
वि.स.

मकवानपुर जिल्लास्तरीय भलिबलको सेमिफाइनलमा चार टिम

विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा भएको मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगितामा विभिन्न चार टिम सेमिफाइनलमा प्रवेश गरेको छ । थाहा नगरपालिका र २ नम्बर वडा कार्यालयको सहयोगमा भएको प्रतियोगितामा आयोजक विनयबाबु बस्नेत स्मृति प्रतिष्ठान (ए), पुपुम्हेन्दो आग्रा चिसापानी, थाहा नगरपालिका वडा नं. १ प्रतिनीधि टिम र आयोजक विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका (बी) सेमिफाइनलमा प्रवेश गरेको हो । 

कार्तिक २१ मा हुने सेमिफाइनल तर्फको खेलमा विहान ७ बजे आयोजक विनयबाबु बस्नेत स्मृति प्रतिष्ठान (ए), पुपुम्हेन्दो आग्रा चिसापानीबीच खेल हुने प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए । त्यस्तै दोस्रो खेल विहान ८ बजे थाहा नगरपालिका वडा नं. १ प्रतिनीधि टिम र आयोजक विनयबाबु बस्नेत स्मृति प्रतिष्ठान (बी) बीच हुने काकीृले जानकारी दिए । फाइनल खेल भने दिउँसो १ बजे थाहा नगरपालिका वडा नम्बर २ फाँटबजार स्थित खेलमैदानमा हुने भएको छ । 

सशस्त्र प्रहरीमा सेवारत् विनयबाबु बस्नेतको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक कार्कीले जानकारी दिए । 

रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । गतवर्ष नगद ४० हजार रहेकोमा यसवर्ष पुरस्कारको राशी थप भएको हो । त्यस्तै दोस्रो हुने टिमले नगद २६ हजार रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने प्रतिष्ठानले जनाएको । अघिल्लो वर्ष वडा नं. १ प्रतिनीधि टिमले प्रतियोगिताको उपाधि हात पारेको थियो । 

प्रतियोगिताको पुरस्कार वितरण समारोहको अवसरमा प्रतिष्ठानले उत्कृष्ट स्वयंसेवक छनोट गरी सम्मान गर्ने निर्णय भएको छ भने सामाजिक तथा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एकजनालाई पनि प्रतिष्ठानले सम्मान गर्ने निर्णय गरेको छ ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०