nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर उद्योग वाणिज्य संघले प्रजिअ बुढाको स्वागत गर्यो 

मकवानपुर उद्योग वाणिज्य संघले आज आफ्नो सचिवालयमा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई एक कार्यक्रमका बीच स्वागत गरेकोछ । जिल्ला स्तरीय कार्यालयमा आउने नयाँ कार्यालय प्रमुखहरुको स्वागत गर्ने संघको परम्परा अनुसार मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई स्वागत गरेको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष न्यौपानेले समग्र मकवानपुरको औद्योगिक तथा व्यापारिक विषयमा आफ्नो धारणा राखेका थिए ।

करीब १ साता अघि मकवानपुर प्रमुख जिल्ला अधिकारीका रुपमा आएका बुढाले व्यावसायिक प्रतिष्ठान तथा व्यवसायीहरुको सुरक्षाका लागि आफू सदैव प्रतिबद्ध रहेको बताएका छन् । बर्तमान परिप्रेक्ष्यमा औद्योगिक विकासका लागि औद्योगिक नीतिमा केही संशोधन गर्नुपर्ने आफूले पनि महशुश गरेको र उद्योगमा बन्द हडताल, देशको राजनैतिक अस्थिरताको कारण सोचे जति देशले औद्योगक क्षेत्रमा विकास गर्न नसकेकोले अब यस प्रति सबैले ध्यान दिन समेत आग्रह गरेका छन् । 

स्वागत कार्यक्रममा गत भाद्र ९ गते थाना भर्याङ्गमा सडक दुर्घटनामा निधन भएका न्यू कुस्मी फेन्सी पसलका व्यवसायी कुमार लामाको परिवारलाई मृतकका नाबालकको नाममा रहने गरि पचास हजार रुपैया सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा माछामासु व्यवसायीको संघका नारायण राजथला, संघका सल्लाहकार प्रदीप कोईराला, पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल लगायतले शुभकामना मन्तव्य दिएका थिए भने महासचिव महेन्द्र राउतले कार्यक्रम सञ्चालन गरेका थिए । स्वागत कार्यक्रममा संघका पदाधिकारी, सदस्य, सल्लाहकार, पूर्व अध्यक्ष, विभिन्न बस्तुगत संघका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई उपाध्यक्ष कृष्ण कुमार अग्रवालले समापन गरेका थिए ।