nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगिताको पहिलो खेल अंगाराले जित्यो 

DSC00703-1480054424.JPG

मकवानपुर उत्तरी क्षेत्र स्तरीय फुटबल प्रतियोगिताको पहिलो खेल अंगारा युवा क्लबले जितेको छ । १० मंसीर विहान भएको प्रतियोगितामा अंगाराले दम्की युवा क्लबलाई १–३ को गोल अन्तरले पछि पार्दै जित हासिल गरेको हो । अहिले टाहाखेल युवाक्लब र पारिजात युवाक्लब चित्लाङबीच प्रतियोगिता भइरहेको छ । थाहानगरको इन्द्रायणी खेल मैदानमा युवा तथा खेलकुद विकास समिति थाहा–८ को आयोजनामा शुरु भएको प्रतियोगितामा उत्तरी मकवानपुरका २१ टिमको सहभागिता छ ।

थाहानगरको इन्द्रायणी खेल मैदानमा युवा तथा खेलकुद विकास समिति थाहा–८ को आयोजनामा शुरु भएको प्रतियोगितामा उत्तरी मकवानपुरका २१ टिमको सहभागिता छ ।  मकवानपुर उत्तरी क्षेत्र स्तरीय फुटबल प्रतियोतिाको ९ मंसीरमा मध्यामाञ्चल खेलकुद विकास समितिका सदस्य ध्रुव यादवले एक समारोहकाबीच उद्घाटन गरेका थिए । 

प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार रहेको छ । दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जानकारी दिइएको छ । प्रतियोगिता नक आउटको आधारमा खेलाइएको हो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)