Monday, 26th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

मकवानपुर उत्तरी क्षेत्रस्तरीय फुटबल प्रतियोगिता उद्घाटन

Khel-001-1479981664.jpg

मकवानपुर उत्तरी क्षेत्र स्तरीय फुटबल प्रतियोतिाको  शुरु भएको छ । ९ मंसीरबाट शुरु भएको प्रतियोगिताको मध्यामाञ्चल खेलकुद विकास समितिका सदस्य ध्रुव यादवले एक समारोहकाबीच उद्घाटन गरे । 

थाहानगरको इन्द्रायणी खेल मैदानमा युवा तथा खेलकुद विकास समिति थाहा–८ को आयोजनामा शुरु भएको प्रतियोगितामा उत्तरी मकवानपुरका २१ टिमको सहभागिता छ ।  युवा तथा खेलकुद विकास समिति थाहा–८ का अध्यक्ष अनित विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहानगर खेलकुद विकास समितिका उपसंयोजक राजेश केसीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा राप्रपा नेपालका थाहानगर अध्यक्ष हरेराम कार्की, भ्यालीहार्ट एकेडेमीका प्रिन्सिपल सुरेन्द्रमान प्रधान, पालुङ जेसीजका पूर्व अध्यक्ष धर्म प्रधान, नव क्षितिज कला केन्द्रका निर्देशक विजयश्याम अमात्य, थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तान, विकासखबरडटकम तथा विकास खबरपत्रिका साप्ताहिकका प्रधान सम्पादक कुमार नेगी, थाहा नगरपालिकाका सुचना अधिकारी सुरजकुमार भुजेललगायतकाको आतिथ्य रहेको थियो ।  

यसैबीच मंसीर १४ गतेसम्म संचालन हुने आयोजक तथा खेलकुद विकास समितिले जानकारी दिएको छ  । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार रहेको छ । दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार रहेको आयोजकले जानकारी दिइएको छ । प्रतियोगिता नक आउटको आधारमा खेलाइएको हो ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg