nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरे गायक घिसिङको महिना दिनमै दुई एल्बम बजारमा

Buddi-1484805757.jpg

मकवानपुरे लोक गायक बुद्धिमान घिसिङको बजारमा अर्को एल्बम आउँदैछ । गायक घिसिङले महिना दिनमै दुईवटा एल्बम बजारमा ल्याएका हुन् । केही साता पहिले घिसिङको शब्द/संगीतमा मकवानपुर मनहरीकी गायिका बिनिता लामाको आवाजमा ‘छोडी जाने निस्टुरीलाई’ बोलको आधुनिक गीति संग्रह बजारमा आएको थियो भने उनको नयाँ लोकदोहोरी एल्बम ‘निष्टुरी मायालु’ बजारमा आएको छ ।

एल्बममा लय शब्द घिसिङको छ भने स्वर गायिका मुना थापा र घिसिङको छ । गीतमा चर्चित मोडल गीता राई र घिसिङकै अभिनय छ । गीतको निर्देशन प्रेम थापाले गरेका हुन् । बिन्दबासिनी म्युजिक प्रालिले केही दिनमै गीत बजारमा ल्याउँदै छ ।