Sunday, 21st June, 2026
वि.स.

मकवानपुरमा सवारी दुर्घटना, एकको मृत्यु

accident-new-1617514783.jpg

 मकवानपुरको भीमफेदी गाउँपालिकामा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

गएराति गाउँपालिका वडा नं.१ मा त्रिभुवन राजपथ हुँदै हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ८१२९ नम्वरको कन्टेनरले विपरित दिशातर्फ जाँदै गरेको ना १९ प ८९६ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु हो । मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय अनिष खड्का रहेको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी कन्टेनरमा सवार मकवानपुरको भीमफेदी गाउँपालिका–२ बस्ने २३ वर्षीय सुरेश घलान र चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ बस्ने अन्दाजी ३२ वर्षीय मधुकर विष्ट घाइते भएका छन् । घाइते मध्ये कन्टेनरमा घलानको चितवनको पुरानो मेडिकल कलेज र चालक विष्टको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा आवशयक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०