Wednesday, 2nd September, 2026
वि.स.

मकवानपुरमा थप २ सय २ जनामा कोरोना संक्रमण पुष्टि

c1-1622022535.jpg

 मकवानपुरमा थप २ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ९२ जनामा पिसिआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा थप २ सय २ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

आज पुष्टि हुनेहरुमा सबैभन्दा बढी ७० जना हेटौंडा उपमहानगरपालिका रहेका छन् । यसैगरि थाहा नगरपालिकाका ६२ जना,मनहरी गाउँपालिकाका ३९ जना,राक्सिराङका २१ जना,इन्दसरोबर र भीमफेदी गाउँपालिकाका ३र३ जना,मकवानपुरगडीका २ जना,बागमती र बकैयाका १ १ जना रहेका छन् ।

 यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ८ हजार ६२ जना पुगेको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif