Sunday, 21st June, 2026
वि.स.

मकवानपुरमा ट्रक र एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु

death-body-1622698633.jpg

मकवानपुरको नवलपुरमा ट्रकमा एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रकमा एम्बुलेन्स ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उक्त दुर्घटनामा एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपालिका वडा नम्बर–४ का ६६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी​ नायव उपरिक्षक ९डिएसपी० जयश्वर रिमालले जानकारी दिए ।

चितवनको भरतपुरबाट कोरोना संक्रमित विरामीको उपचार पछि डिस्चार्ज भइ घर फर्किदै गरेको प्र १ ००५ च ३६३८ नम्बरको एम्बुलेन्सले सोही दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४३८० नम्बरको ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

मृतक थिङलाई गत जेठ ६ गते कोरोना संक्रमण पुष्टि भएको र उपचारका लागि भरतपुर लगिएको बुझिएको छ । एम्बुलेन्समा सवार अन्य ३ जना घाइते भएको र उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको डिएसपी रिमालले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०