Wednesday, 2nd September, 2026
वि.स.

मकवानपुरमा जेठ १३ गते सम्म निषेधाज्ञा

mmm-1620895656.jpg

 स्थानीय प्रशासनले मकवानपुरका दश वटै स्थानीय तहमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । कोरोना नियन्त्रणका लागि बैशाख ३१ गते सम्म जिल्लाका चार वटा स्थानीय तहमा मात्र निषेधाज्ञा लगाइएपनि जेठ १ गतेबाट भने मकवानपुरका दश वटै स्थानीय तहमा निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

कोरोना भाइरस संक्रमण मकवानपुरका गाउँ गाउँमा समेत फैलिएकाले जिल्लाभर निषेधाज्ञा लगाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले बताए। कोरोना संक्रमण दर घट्नुको सट्टा बढ्दै गएकाले पनि निषेधाज्ञा थप गरेर जिल्लाभर लगाउन लागिएको हो ।

बैशाख मसान्त सम्ममा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रको दायाँ बायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो ।बिहिबार प्रशासनमा बसेको बैठकले भने जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरिएको हो । जेठ १ गतेबाट १३ गते सम्म निषेधाज्ञा लगाइएको उनले जानकारी दिए।

निषेधाज्ञा थप कडाईका साथ गरिनुका साथै अब मर्निङ र इभिनिङ वाक गर्न नपाइने, अत्यावश्यक उपभोग्य वस्तु विहान ८ बजे सम्म खुल्ने, नगरभित्रका बैंकहरु साताको दुई दिन मंगलबार र शुक्रबार खोल्ने, वित्तियर सहकारी संस्था भने पूर्णरुपमा बन्द गरिनुपर्ने जस्ता निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif