Wednesday, 2nd September, 2026
वि.स.

मकवानपुरमा चक्रवातकाे प्रभाव : सतर्क रहन प्रशासनको आग्रह

getty_lightening_lightnin-1622132206.jpg

जिल्ला प्रशासन कार्यालय मकवानपुरले संभावित प्राकृतिक प्रकोपको जोखिमबाट उच्च सतर्कता अपनाउन जिल्लाबासीमा अनुरोध गरेको छ । 

बिहीबार एक सूचना जारी गर्दै प्रशासन कार्यालयले "पश्चिम बङ्गालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात" का कारण उच्च जोखिम रहेको जनाएको छ । प्रशासनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भनाइ उद्धृत गर्दै  १३ जेठ देखि १५ जेठसम्म भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम रहेको हुँदा सबैलाई सुरक्षित रहन आग्रह गरेको छ ।

सूचनामा बाढी, पहिरो र डुबान हुने क्षेत्रमा नजान, नदी र खोलाहरूमा माछा मार्ने लगायतका कुनै पनि कार्यहरू नगर्न, नदी, खोला किनार एवं पहिरो आसपास बसोबास गर्ने बासिन्दा उच्च सतर्क रहन, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकाको विशेष ध्यान दिन, आफ्नो आसपासको ठाउँमा बाढी पहिरो, डुबान, कटानको जोखिम देखिए सुरक्षा निकाय, पालिका एवं जिल्ला विपद् व्यवस्थापन समितिलाई तुरून्त खबर गर्न आग्रह गरिएको छ ।









Thaha-002-1774415222.gif