Tuesday, 16th December, 2025
वि.स.
Sram-Suchana-1754301370.jpg

मकवानपुरको कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आजदेखि २० गतेसम्म बन्द

kk-1747392555.jpg

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आजदेखि  जेठ २० गतेसम्म बन्द गरिएको छ ।

सडक कालोपत्रे गर्नका लागि सवारी साधनहरु पूर्णरुपमा बन्द गरिएको हो ।

बन्द अवधिभर हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । विकल्पमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ, ‘इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्रे गर्ने प्रयोजनार्थ मिति २०८२–०२–०२ गतेदेखि मिति २०८२–०२–२० गतेसम्म ९१९ दिन० उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नुपर्ने सवारी साधनहरुले अन्य वैकल्पिक मार्ग (कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक) को प्रयोग गर्नुहुन‘ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०