Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरका दुई विद्यालय पुर्ननिर्माण

2-Bhawan-Udghatan-@-Bakai-1504313567.JPG

भुकम्पबाट क्षति पुगेको मकवानपुरको बकैया गाउँपालिकाको एक बिद्यालयको भवन उदघाटन गरि हस्तान्तरण गरिएको छ । बकैया–५, श्रीपुरस्थित प्रभात माध्यमिक बिद्यालयको ६ कोठे भवन प्रवलिकरण र २ कोठे भारवहन क्षमता भवन निर्माण गरि हस्तान्तरण गरिएको हो ।

कार्यक्रम जिल्ला शिक्षा कार्यालय मकवानपुरका सहायक जिल्ला शिक्षा अधिकारी टेकप्रसाद पाण्डेको प्रमुख आतिथ्य तथा बिद्यालयका अध्यक्ष देवजित जिम्बाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, केयर नेपालकी राष्ट्रिय निर्देशक लोरा वेलेनबर्ग, ग्रामिण महिला सेवा केन्द्र मकवानपुरकी अध्यक्ष लक्ष्मी मोक्तान, जिल्ला स्तरीय परियोजना कार्यान्वयन ईकाई(शिक्षा)मकवानपुरका हरिचन्द्र सापकोटा लगाएतको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा बकैया ५ का वडा अध्यक्ष शेरमान घलान, प्रभात माध्यमिक बिद्यालयका सदस्य अर्जुन खड्का, प्रधानध्यापक सोमप्रसाद गौतम, गितावर माध्यमिक बिद्यालयका अध्यक्ष धर्मराज लामिछाने लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

केयर नेपाल र ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको साझेदारी तथा आर्थिक सहयोग र जिल्ला स्तरीय परियोजना कार्यान्वयन ईकाई(शिक्षा)मकवानपुरको प्राबिधिक सहयोगमा भवनहरु प्रवलिकरण र निर्माण गरिएको हो ।


४७ लाख ६८ हजार ३ सय लागतमा निर्माण तथा प्रबलिकरण भएको भवनका लागि दातृ निकायले ४३ लाख २२ हजार २ सय र बिद्यालयले ४ लाख ४६ हजार १ सय खर्चेको ग्रामिण महिला सेवा केन्द्र मकवानपुरकी फोकलपर्सन शर्मिला श्रेष्ठले जानकारी दिईन् । कार्यक्रममा केयर नेपाल र ग्रामिण महिला सेवा केन्द्रलाई बिद्यालयले कदर पत्र प्रदान गरेको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)