Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बुद्धिमानलाई ‘म्यूजिक खबर डायस्पोरा संगीत सम्मान’

Buddig-g-1502070950.jpg

म्यूजिक खबरको ‘म्यूजिक अवार्ड’का अवसर पारेर विभिन्न विधाका व्यक्तित्वहरुलाई काठमाण्डौंमा सम्मान गरिएको छ । छैटौं संस्करणको म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा विभिन्न ३४ विधाका स्रष्टा एवं सिर्जनालाई अवार्ड प्रदान गरिएको छ । 

नेपाली गीतसंगीतमा आधा दशकभन्दा लामो समय खर्च गरिसक्नुभएका मकवानपुरका गायक बुद्धिमान घिसिङले यस वर्षको म्यूजिक खबर डायस्पोरा संगीत सम्मान पाएका छन् । उनले लोकदोहोरी गीत लेखन एवं गायनमा सक्रिय रहँदै आधुनिक गीततर्फ पनि निरन्तर कार्य गर्दै आएका छन् । प्रवासमा रहेर घरबासको गीतसंगीतमा लगानी गर्दै आएका घिसिङलाई यस वर्षको म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा वरिष्ठ गीतकार रत्नशमशेर थापालाई म्यूजिक खबर दीर्घ साधना सम्मान २०७४ प्रदान गरिन लागिएको छ । थापालाई २५ हजार ५ सय ५५ नगद राशिसहित सम्मान गरिएको छ भने सुमधुर स्वरका धनी गायक शिशिर योगी र गायिका सत्यकला राईलाई म्यूजिक खबर दशकको सम्मान २०७४ प्रदान गरिएको छ ।  

त्यसैगरी पछिल्लो समयमा बाल आवाजलाई बुलन्द पार्दै अघि बढेका प्रतिभा बेगेन्द्र बुढालाई यस वर्षको म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिएको छ । ताम्रपत्र, ट्रफी र दोसल्ला ओढाएर उनलाई सम्मान गरिएको हो । यस वर्षको म्यूजिक खबर युवा प्रतिभा सम्मान गीतकार एवं संगीतकार पदम रोकायालाई प्रदान गरिएको छ भने ‘म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार’बाट संचारकर्मी डा.नवराज लम्साललाई पुरस्कृत गर्न गरिएको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०