nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भीमफेदीमा ६५ प्रतिशत अनुदानमा बोयर बोका वितरण

बोयर-1620556108.jpg

मकवानपुरको भीमफेदी गाउँपालिकामा बोयर बोका बितरण गरेका छन ।उन्नत जातको बोयर क्रश बोका ६५ प्रतिशत अनुदानमा बितरण गरियको हो ।

गाउँपालिकाको उपाध्यक्ष पर्वती रानाको प्रमुख आथित्यतामा कोभिडको समयमा पनि सामाजिक दुरि कायम गरि उन्नत जातको बोयर क्र्स १० वटा बोका आज एक कार्यक्रमको बिच बितरण गरियको पशु सेवा शाखा प्रमुख बिमल ढुङ्गाना ले बताउनु भयो । गाउँपालिका भित्र स्थानीय जातको बाख्राको नश्ल सुधार गर्दै उत्पादन तथा आय आर्जन बृद्दी गर्ने हेतुले गाउँपालिका भित्र ५० प्रतिशतको २७ वटा ,७५ प्रतिशतको ९ वटा र ८७.५ प्रतिशत ८ वटा गरि जम्मा ४४ वटा उन्नत जातको बोयर क्र्स बोका बितरण गरिने जनाएको छ ।

कार्यक्रम गाउँपालिकाको आर्थिक बिकास समितिको संयोजक एवम् ६ नम्बर वडा अध्यक्ष सिताराम थापाको अध्यक्षतामा भयको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन कुवर,५ नम्बर वडा अध्यक्ष जाहार सिं लामा लगाएतको उपस्थित रहेको थियो ।