Wednesday, 26th August, 2026
वि.स.

भीमफेदीमा भव्यताकोसाथ मनाइयो ल्होसार

ऐतीहासिक भीमफेदीमा तामाङ्ग समुदायको पहलमा सोनाम ल्होसार ‘नगी ल्हो’ २८५४ कुकुर बर्ष भब्य रुपमा मनाएको छ ।

कार्यक्रम संयोजक सोम बहादुर घलानका अनुसार भीमफेदी गाउँपालीका वडा नंम्बर ६ टारगाउँ, सिमल्टार, पारी बजार टोलको संयुक्त ल्होसार पर्ब मनाइएको हो । तामाङ समुदाय बिच माघमा ल्होसार मनाउने की फागुनमा मनाउने भनी चलेको सामुदायीक छलफलमा सबैको सहमतीमा माघमा नै मनाउने निर्णय गरेको हो ।

४ माघ बिहानै बौद्ध धर्म गुरु पुरेत जि.बि.लामाले धार्मिक पुजा सम्पन्नपछी समुदायले आ–आफ्ना चेलीबेटी तथा आफन्त जनलाई दिवा भोजमा सरीक गरेका थिए ।

–सुरेन्द्रराज थिंके/भीमफेदी
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif