nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बुद्धिमानले ल्याउने भए ‘छोडी जाने निष्ठुरीलाई’

2-(1)-1482904795.jpg

मकवानपुरे गायक तथा संकलन बुद्धिमान घिसिङ अर्का एल्बम सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छन् । उनले नयाँ एल्बमका लागि हालसालै ‘छोडी जाने नषठुरीलाई’ बोलको आधुनिक गीतको शब्द÷संगीतमा गीत रेकर्ड गराएका छन् भने मकवानपुरकै मनहरी निवासी नवगायिका बिनिता लामाले गीतमा स्वर भरेकी छन् । 

गीतमा संगीत संयोजन बरिष्ठ संगीतकार बिनोद बाजुरालीलेग गरेका छन् । मालाश्री रेकर्डिङ  स्टुडियोमा यो गीत हालैमात्र रेकर्ड भएर भिडियो निर्माण भइरहेको घिसिङले जानकारी दिए । भिडियो छायांकन भइरहेको ‘छोडी जाने निष्ठुरीलाई’ बोलको गीतमा दुर्गा पौडेलले छाँयांकन गरेका छन् भने चर्चित मोडल गीता राई र  गायक घिसिङले नै मोडलिङ गरेका छन् । भिडियो निर्देशक बाबुराज केसी रहेका छन् । केही दिनमै दर्शकहरुमाझ गीत सार्वजनिक हुने छाँयाकंनमा ब्यस्त रहेका घिसिङले जानकारी दिए । 

यसअघि घिसिङले ‘छुट्टिमा घर आको’ एल्बममा सार्वजनिक गरेका थिए । सो एल्बममा घिसिङ र कुलेन्द्र बिक तथा बिष्णु माझीको स्वर रहेको थियो । त्यस्तै ‘घर छाडेर जानुप¥याछ’ भन्ने एल्बममा भने एकनारायण भण्डराीको शब्द तथा रामजी खाँड र मुना थापाको आवाज समेटिएको थियो । उनको पछिल्लो ‘एल्बम चाहियो जागिर हुने’ र ‘आउने दशैँनी’ दुबै एल्बमको शब्द÷लय तथा स्वर घिसिङकै थियो । एल्बममा बिनु तामाङले आवाज भरेकी थिइन् । कृष्ण फिल्मस्मार्फत ती एल्बमहरु आएका थिए । यसपटक पनि कृष्ण फिल्मस्कै ब्यानरमा नयाँ एल्बमको काम भइरहेको घिसिङले बताए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)