Saturday, 12th September, 2026
वि.स.

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानलाई जिल्लास्तरीय भलिबलको उपाधि

Binayababu-1547633665.jpg

मकवानपुरको चित्लाङमा आयोजित जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले हात पारेको छ । प्रतिष्ठानले बज्रबारही मावि ‘ए’ लाई ३–२ सेटले पराजित गर्दै उपाधि हासिल गरेको हो । 

मकवानपुर थाहानगरको चित्लाङ माझ गाउँमा भएको जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगितामा देश कुमारी युवाक्लब चित्लाङ तेस्रो भएको छ । प्रतियोगितामा बिनयबाबु बस्नेत स्मृति प्रटिष्ठानका कुशल लो सर्वोत्कृष्ट खेलाडी घोषित भए । 

जिल्लामा अब्बल टिमको रुपमा परिचय बनाएको प्रतिष्ठानले गएको तिहारमा पालुङमा भएको जिल्लास्तरीय प्रतियोगिताको पनि उपाधि चुमेको थियो । जिल्लाका हरेक प्रतियोगितामा जित हासिल गर्दै गएको प्रतिष्ठानको प्रगतिप्रति भलिबल खेलाडी तथा थाहानगर खेलकुद विकास समितिका प्रशिक्षक समेत रहेका शंकर कार्कीले प्रतियोगिताहरुमा उत्कृष्ट खेल प्रदर्शनसंगै खेलाडीहरुलाई अनुशासित हुन पनि सिकाएको प्रतिक्रिया दिए । 

स्वच्छन्दभैरब भैरव युवा क्ल्बको आयोजनामा भएको प्रतियोगितामा मकवानपुरका विभिन्न १३ टिमको सहभागिता रहेको थियो । 

प्रतियोगिताको प्रथम टिम बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले ४० हजार नगद सहित पुरस्कृत भएको छ । प्रतियोगितामा दोस्रो हुने टिमले २० र तेस्रो हुनेले १० हजार शिल्ड मेडल तथा प्रमाणपत्रहरु पुरस्कार पाएका छन् ।   
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०