nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बिजया दशमी कपको उपाधी लिटिल स्टारलाई

IMG_20181018_113817-1539842036.jpg

नवलालिमा युवा क्लबको आयोजनामा सम्पन्न गाउँपालिका स्तरिय बिजया दशमी कप २०७५ को उपाधी लिटिल स्टार युवा क्लबले प्राप्त गर्न सफल भएको छ । इन्द्रसरोवर गाउँपालिकाको वडा नं ४ फाखेल चौरमा असोज २३ गतेबाट सुरु भै ३१ गते सम्पन्न दशै कपको उपाधी उक्त क्लबले हासिल गरेको हो । ३१ गते मधुवन चन्द्रागिरी युवा क्लब र लिटिल स्टार युवा क्लब बिच भएको फाइनल खेलमा १-२ गोलको अन्तरमा लिटिल स्टार युवा क्लब इन्द्रसरोवर ४ फाखेलले उपाधी जित्न सफल भएको हो । जसबाट मधुवन चन्द्रागिरी युवा क्लब इन्द्रसरोवर-५ उप-बिजेता भएको छ । यस्तै तेस्रो स्थानका लागी खेलेका नवलालिमा युवा क्लब र समुल सेवा समाजबिच ट्राइबेकरमा पुगि ५-६ गोलको अन्तरले समुल सेवा समाज इन्द्रसरोवर ५ ले तेस्रो स्थान पाउन सफल भएको छ ।


खेलबाट प्रथम स्थान हासिल गर्न सफल लिटिल स्टार युवा क्लबले ५० हजार रुपैयाँ नगद सहिल शिल्ड मेडल र प्रमाणपत्र, दोस्रो हुन सफल मधुवन चन्द्रागिरी युवा क्लबले २० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र र तेस्रो हुन सफल समुल सेवा समाजले १० हजार नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत भएका छन ।


खेलमा प्लेयर अफ दि म्याचमा आयोजक टिम नवलालिमा युवा क्लबका बिजय लामा, हाई स्कोरलमा लिटिल स्टार युवा क्लबको दिपक लामा र बेस्ट किपर( उत्कृष्ट गोल रक्षक) मा मधुवन चन्द्रागिरी युवा क्लबको विशाल शाही उत्कृष्ट खेल खेलाडीहरुको रुपमा पुरस्कृत भएका छन् ।


इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यतामा सम्पन्न फाइनल खेलमा नवलालिमा युवा क्लबका अध्यक्ष सुवास रुम्बाको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका ४ का वडाध्यक्ष धनबिर स्यङ्तान, खेलकुद महासंघ काठमाडौका सदस्य सुरेन्द्र बलामी, ४ नं वडाका वडा सदस्यहरु लगायतको आतिथ्यता रहेको आयोजक टिमका अध्यक्ष सुवास रुम्बाले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।