Thursday, 27th August, 2026
वि.स.

बिक्रमले जिते असार महिनाको अनमोल आइडल, नगदसहित गोल्डेन माईक प्रदान

रेडियो अनमोल ९० मेगाहर्जले गायन प्रतिभाको सम्मान गर्दै सुरु गरेको ‘अनमोल आईडल’ को असार महिनाको गोल्डेन माईक हेटौँडा १४ नयाँबस्तीका बिक्रम तामाङले जितेका छन् । ‘अनमोल आइडल’ रेडियो कार्यक्रममा साप्ताहिक रुपमा उत्कृष्ट हुँदै लाईभ कार्यक्रममा प्रस्तुति दिएपछि एसएमएस भोट तथा निर्णायकको मतको आधारमा उनी उत्कृष्ट भएका हुन् ।

तामाङले असार महिनाको बिजेता भएसँगै गोल्डेन माईक सहित नगद रु. ३ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । उनले वि.सं. २०७५ सालको वार्षिक अनमोल आईडलमा समेत भाग लिनेछन् । हेटौँडा–४ खोपेगल्लीमा अवस्थित रेडियो परिसरमा आयोजित एक कार्यक्रमकाबिच रेडियोका स्टेसन संयोजक बालकृष्ण दाहाल र संचारकर्मी रिपेश ऋद्धि दाहालले तामाङलाई पुरस्कार प्रदान गरेका हुन् ।

यस अघि नै असार ३१ गते भएको लाईभ कार्यक्रमपश्चात असार महिनाका ३ जना साप्ताहिक विजेताहरुमध्ये पहिलो हप्ताका बिजेता सञ्जीव कुमार थिङ, तेस्रो हप्ताका तथा हालका मासिक बिजेता विक्रम तामाङ र चौथो हप्ताका बिजेता पवित्र राईलाई प्रमाणपत्र वितरण गरिएको थियो । असारको दोस्रो हप्ताका बिजेता सुरेन सेवान भने विशेष कारणबस असार महिनाको फाईनल कार्यक्रममा सहभागी हुन सकेनन् ।

हरेक हप्ता, महिना र वर्षमा अनमोल आईडल छनौट गर्ने लक्ष्यका साथ सुरु भएको कार्यक्रममा संचारकर्मी चन्द्र घलान निर्णायकको भूमिकामा छन् । कार्यक्रममा संचारकर्मी सलिना ढुङ्गेल, प्रजोनी सुनार, सुस्मिता पुडासैनी, शुसान्त ढुङ्गाना, कार्यक्रम प्रस्तोता पारु महरा लगायतको उपस्थिति रहेको थियो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif