nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बामगठबन्धनलाई भाेट माग्दै बद्रि र प्रिया

20171104_103708-1510019142.jpg

स्थानीय तह निर्वाचनमा निकै लाेकप्रिय बनेकाे ''सहि पनि एमाले मै पनी एमाले'' बाेलकाे गितले जनमत उचालेका गायक बद्रि पंगेनी र गायिका प्रिया भण्डारीले बाम गठबन्धनकाे पक्षमा मत मागेका छन् ।

सांगितिक कार्यक्रमकाे शिलसिलामा धाेर्सिङ अाएका गायक/गायीका जाेडिले नेकपा एमाले ८ नम्वर बडा कमिटिले गरेकाे कार्यक्रममा गठबन्धनकाे लागि मत मागेका हुन् । मुलुककाे बिकासका लागि गठबन्धन नै उपयुक्त भएकाे उनले भने । उनले गित  मार्फत ''भाेट कल्लाई गठबन्धनलाई '' भन्दै सहभागिलाई उत्साहि बनाएका थिए । पार्टिले गरेकाे निम्ता स्विकारदै पुगेका उनिहरुले केही साँगितिक प्रस्तुति दिएका थिए । उनकाे चर्चित गित राताे पछ्याैरी अनि ताताे पछ्याैरी, ढल्के पिपल पलायाे, लगायतका गित प्रस्तुत गरेका थिए । कार्यक्रम स्थल पुगेका उनिहरुलाई वडा तहका नेता तथा कार्यकर्ताले निकै उत्साहि हुँदै स्वागत गरेका थिए । 

वडा कमिटि अध्यक्ष यशाेदा उप्रेतीकाे अध्यक्ष्तामा भएकाे पिकनिक सहितकाे प्रशिक्षणमा नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्याैंपाने, मकवानपुरका अध्यक्ष मुनु सिग्देल, १ नम्वर क्षेत्रबाट प्रतिनिधि सभा उम्मेदवार कृष्णप्रसाद दाहाल, १ काे २ नम्वर प्रदेशमा उम्मेदवार डाेरमणि पाैंडेल, निवर्तमान सांसद अनन्त पाैंडेल लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)