Tuesday, 20th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

बादललाई विद्युतीय चार्जमार्फत् झट्का दिएर दुबईमा कृतिम वर्षा गराइयाे

emirats-arabe-unis-dubai-1626978630.jpg

गर्मीले मानिसहरु बेहाल भएपछि दुबई शहरमा कृतिम वर्षा गराइएको छ। दुबईको मौसम विभागले दुबईसहित धेरै इलाकामा वर्षा गराइएको हो।  

दुबईमा तापक्रम ५० डिग्री पुगेको कारण जनजीवन प्रभावित बनेको छ। गर्मीका कारण मानिस र पशुपंक्षीहरुको मृत्यु भइरहेको छ। यसबाट बच्नका लागि दुबईले कृतिम वर्षा गराएको हो।

दुबईस्थित रिडिङ विश्वविद्यालयका विज्ञ यसरी वर्षा गराउन विभागलाई सहयोग गर्दै आएका छन्। मौसम विभागका अनुसार ड्रोनको प्रयोग गर्दै बादललाई विद्युतीय चार्जमार्फत् झट्का दिएर वर्षा गराइएको हो। 

‘क्लाउ सिडिङ’ नामक प्रविधिमार्फत् झट्का दिँदा बादलमा घर्षण पैदा भएर पानी पर्ने विभागले जनाएको छ।

कार्यक्रमका निर्देशक अल्या अल- मजरोवीले भने, ‘विद्युतीय चार्ज उत्सर्जन उपकरणहरू र अनुकूलित सेन्सरहरूको पेलोडबाट सुसज्जित यी ड्रोनहरू कम उचाइमा उडान गर्छन् र वायु अणुहरुलाई एक विद्युत चार्जबाट घर्षण दिन्छ, अनि पानी पर्छ।’



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg