Sunday, 21st June, 2026
वि.स.

बाग्मती प्रदेश मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने

sarswoti-1621931316.jpg

बाग्मती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ११ जेठमा टेण्डर आह्वान गरेको छ । 

कोभिड महामारीलाई मध्यनजर राख्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत एक हप्ताको समय सिमा राखेर टेण्डर आह्वान गरेको हो । मन्त्रालयले प्रदेश मातहतमा रहेका काठमाडैंको टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट रामेछापको रामेछाप अस्पताल, काभ्रे मेथिनकोट, धादिङ अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

यी अस्पतालहरुमा अक्सिजन अभाव नहोस भनेर एक महिनाभित्र प्लान्ट स्थापना गरिसक्ने मन्त्रालयले जनाएको छ । यसअघि अक्सिजन प्लान्ट नभएका अस्पतालहरुमा पनि प्लान्ट निर्माण गर्ने निर्णयअनुरुप प्लान्ट निर्माण गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ । 

"एक महिनाभित्र अक्सिजन प्लान्ट स्थापना भैसक्छ"-सामाजिक विकास, मन्त्री बस्नेत 

 सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले एक महिनाभित्र ती अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरि छोटो प्रक्रियाबाट खरिद प्रक्रिया सुरु गरेको बताएकी छिन् ।

प्रदेश मातहतमा रहेका १३ मध्ये ६ वटा अस्पतालमा यस अघि नै अक्सिजन प्लान्ट सन्चालनमा रहेको र बाकी अस्पतालमा स्थापना गरेर प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्न लागिएको बताइन । साथै मन्त्री बस्नेतले कोभिड विरुद्ध लड्नका लागि कुनै कसर बाकी नराख्ने भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन ।

यस अघि सामाजिक विकास मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा एकएक वटा पीसीआर मेसिन राख्ने निर्णय गरिसकेको छ । कोभिडको दोस्रो लहर बढेसङ्गै बागमती प्रदेश सरकारले  'एक जिल्ला एक पीसीआर मेसिन' राख्ने निर्णय गरेर आवश्यक प्रक्रिया अघि बढाइ सकेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०