Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागेश्वरीमा बाल क्लबद्वारा प्रतियोगिता

टिस्टुङ गाविसको बागेश्वरी माविमा बागेश्वरी बाल क्लबले घैंटो फुटाउने र चम्चा दौड प्रतियोगिता आयोजना गरेको छ । चम्चा दौड प्रतियोगितामा निर्मला मोक्तान पहिलो, मनमाया गोले दोस्रो र अविना दोङ तेस्रो भए । घैंटो फुटाउने प्रतियोगितामा भाग लिएकाहरु मध्ये कसैले पनि सफलता हात पार्न सकेनन् । 
प्रतियोगिताको बीचमा विद्यार्थीहरुले गीत, नृत्य, कविता लगायत आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक मुकेश ठाकुरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बाल कल्याण समाजका सुपरभाइजरहरु बीरबहादुर थापा, शिक्षक नरेश भट्ट, शुकराम गोङ्बा लगायतले शुभकामना दिए । बाल कल्याण समाजका अर्का सुपरभाइजर उमा कार्की, नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम वाइबा लगायतको उपस्थिति थियो । 

बाल क्लबका सचिब बुद्धिमान स्याङ्तानको अध्यक्षतामा भएको प्रतियोगितामा विजयीहरुलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।