nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेश मातहतका कर्मचारीलाई मात्र केन्द्रित यि हुन् तीन बम्पर उपहार 

baga-1623774680.jpg

बागमती प्रदेश सरकारले प्रदेश मातहतका कर्मचारीहरुका लागि मात्र छुट्टै बन्दोबस्त गरेको छ । प्रदेश सरकारले १ असारमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेट मार्फत कर्मचारी केन्द्रित यस्तो कार्यक्रम ल्याएको हो । 

बागमती प्रदेश सरकारले बागमती प्रदेश मातहतका कर्मचारीको तलब बढाएको छ । बागमती प्रदेश मातहतका कर्मचारीको तलब समय समपेक्ष बनाउन भन्दै १ साउनबाट लागुहुने गरी मासिक तलबमा दूई हजार वृद्धि गरिएको बजेटमा उल्लेख छ । साथै हाल कायम रहेको मासिक महंगी भत्तालाई भने कायम राखिएको बजेटमा उल्लेख छ । यद्यपि कर्मचारीका लागि भनिएका ति सुविधाहरु संघ र स्थानीय तहका कर्मचारीहरुका लागि भने स्पष्ट उल्लेख गरिएको छैन । यस निर्णयसंगै बागगमती प्रदेश क्षेत्रका संघीय सरकार, स्थानीय तह अन्तर्गतका कार्यालय र प्रदेश अन्तर्गतका कार्यालयका कर्मचारीहरुको तलब स्केल नै भिन्नता हुने भएको छ ।   

त्यस्तै संघीय सरकारले झै प्रदेश मातहतका कर्मचारीका लागि १० दिन पर्यटन काजको व्यवस्था गरेको छ । प्रदेश भित्रको उच्च पहाडी र तल्लो हिमाली क्षेत्रको पर्यटन गन्तव्य भ्रमणका लागि १० दिन पर्यटन काज सुविधा दिने घोषणा गरिएको हो । 

यसैबीच प्रदेश सरकार मातहत कार्यरत निजामती कर्मचारकिो मनोबल बढाउनको लागि १० लाख सम्मको समुहिक दुर्घटना बीमा र १ लाख सम्मको स्वास्थ्य बीमाको प्रिमियम व्यहोर्ने बजेटमा उल्लेख छ । 

 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)