nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती गोल्डकपको तयारी पुरा

Bagamatee-Game-1581263794.jpg

मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा ३ फागुनबाट हुने तेश्रो बागमती गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक बागमती खेलकुद विकास समितिका अध्यक्ष तथा प्रतियोगिता मुल आयोजक समितिका संयोजक अरुण बल लामाले प्रतियोगिताको तयारी लगभग सकिएको जानकारी दिए ।

हेटौँडामा २६ माघमा पत्रकार सम्मेलनको आयोजना गरि लामाले एनफा क्यालेण्डरमा रहेको प्रतियोगितालाई मकवानपुरकै शान बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा रहेको बताए । बागमती गाउँपालिका वडा नंबर ८ फापरबारी स्थित जनता माविको प्रांगणमा हुने प्रतियोगितामा यो वर्ष ए डिभिजनका ५ सहित १० टिमको सहभागिता हुने छ । प्रतियोगितामा साविक विजेता ए डिभिजन क्लब सरस्वती यूथ सहित हिमालय शेर्पा क्लव, संकटा, जावलाखेल र च्यासल सहभागि हुँदा मोफसलबाट मकवानपुर जिल्ला लिग विजेता न्यू डाँफे युवा क्लब, सिमराको नव जनजागृती, सर्लाहीको बागमती युवा क्लब, बीरगञ्ज यूनाइटेड र आयोजक टिमले प्रतिस्पर्धा गर्ने छन् ।

गोल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पर्ने संयोजक बलले जानकारी दिए । गोल्डकपका सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउने बलले बताउनु भयो । प्रतियोगिताको विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारहरुद्धारा वेजोड प्रस्तुती सहित झाँकीहरु समेत प्रस्तुत गरिनेछ भने प्रतियोगिताको उद्घाटन माननीय गृहमन्त्री रामबहादुर थापा (बादल) ले गर्नेछन् ।

पत्रकार सम्मेलनमा बागमती खेलकुद विकास समितिका कोषाध्यक्ष बिरेन्द्र समाल,नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताव विष्ट, महासचिव कृष्णशारु मगर, नेपाल पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष सुदिप शिवाकोटी, न्यूज क्लव नेपालका अध्यक्ष धर्मेन्द्र दाहाल, खेलकुद विकास समितिका केन्द्रिय सदस्य अध्यक्ष माधव तिमल्सिना, कार्यालय प्रमुख राजन दाहाल९खुशराज० लगायतको आथित्यता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)