nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बहुआयामिक व्यक्तित्वका धनी महेश बस्नेत !
सन्दिप खनाल

TTAA-1599914933.jpg
  • सन्दिप खनाल

मानिस भएर जन्म लिएर मात्र हुँदैन कर्म असल हुन सकेन परोपकारी हुन सकेन भने त्यो निष्फल हुन जान्छ । मानबको जन्म नै कर्म गर्नको लागि हो । भगवान श्रीकृष्ण भगवान श्रीरामचन्द्र समेत यो पृथ्वीलोकमा प्रकट हुनुभएपछि सान्सरिक कर्मको नियमलाई भङ्ग नगरी कर्म गर्नुभयो । त्यस्तै हाम्रा माननीय महेश बस्नेतले अहिले गर्नुभएका हरेक रचनात्मक सृजनात्मक कार्य विकास निर्माणका कार्यहरु सामाजिक धार्मिक न्यायिक र आर्थिक वृद्धिका लागि चालिएका कदम निर्माण गरिएका योजनाहरु साथै प्राकृतिक प्रकोप महामारी भुकम्प नाकाबन्दी जस्ता विषम परिस्थितिमा खेल्नु भएको अग्रणी भुमिका एक महान योद्धाको रुपमा आम भक्तपुरबासीले लिरहेका छन ।

अहिले माननीय महेश बस्नेतको कदम र कार्यहरुलाई सुक्ष्म रुपमा नियाल्ने एक ब्यक्ती भएको कारणले भन्नुपर्दा एक सफल नेतामा हुनुपर्ने गुण उहाँमा देखिन्छ । अन्धभक्त भएर होइन यहि समाजको एक सचेत नागरिकको हिसाबले भन्नुपर्दा उहाँ अन्य नेपाली नेताको लागि समेत प्रेरणाको स्रोत हुनुहुन्छ । प्रेरणा यो अर्थमा कि हरेक बर्ष लगभग हरेक जिल्लामा जाने बजेट कार्यन्वयन नहुने अबस्था छ । भक्तपुरमा यो अबस्था छैन अन्य क्षेत्रमा माननीय ज्युहरुले महत्वाकांक्षी बजेट रातो किताबमा पार्नु हुन्छ तर हाम्रो माननीय बजेट किताबमा मात्र सिमित नराखी निरन्तर त्यस्को कार्यन्वयनको पक्षमा जोड दिदै सबै पक्ष (जनता कर्मचारी र आफ्नो सचिवालय टोली साथै आफै पनि) लाई झक्झकाउदै समयमा नै बजेट कार्यन्वयन गर्न प्रेरित गर्ने सम्सद भएको कारणले पनि बजेट कार्यन्वयन सफलतापुर्वक हुने मात्र होइन कि बिनियोजित बजेट नै अपुग हुन पुगेका अनेकौ दृष्टान्त हामी सामु छन ।

त्यसैले पनि हामी आम भक्तपुरबासी उहाँको कदम कार्य र योजनाप्रती गौरवान्वित महसुस गर्न  पुगेका छौ  । उहाँ भौतिक विकासलाई मात्र सर्वोपरी ठान्ने नेता हुनुहुन्न । भौतिक सगै समाजको आर्थिक बिकास सामाजिक बिकास धार्मिक र सास्कृतिक बिकास नेपालाको सहृदयता र सहिष्णुताको प्रतीक हो भन्ने बुझ्नु भएका दुरदर्शी नेता महेश बस्नेतले भुकम्पले भत्किएका प्राचिनतम महत्वका विभिन्न पाटी पौवा मठ मन्दिर छोटो समयमा पुन निर्माण मात्र गराउनु भएन उहाँले पाथिभरा मन्दिर जस्तो पौराणिक महत्व बोकेको पाथिभरा देबिको प्रतिमुर्ती हाम्रै भक्तपुरमा स्थापना गर्नु भयो । नामेट हुन लागेको अनन्त कुन्डलाई पुनर्जिवन दिनु भयो अनन्त झुलाको निर्माण देखि डोलेस्वर महादेबको मन्दिरमा गजुर पुनस्थापना लगायत असाध्यै महत्वपूर्ण तर शव्दले वर्णन गर्न नसकिने कार्यहरु निरन्तर गरिरहनु भएको छ । रक्तदान स्वास्थ्य शिविर भौतिक बिकासको निरन्तर अनुगमन धार्मिक अनुष्टानमा रुचि तथा सहभागी हरेक जनताको सुख दुखको साक्षी तथा समस्या निराकरणकर्ताको रुपमा रहि रहनु भएकोले यस्को लागि आम भक्तपुरबासिको तर्फबाट माननीय ज्युलाई हार्दिक धन्यवाद ।