nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बलात्कारको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

pakarau-1619089760.jpg

सुनसरीको भोक्राका नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । धरानस्थित एक होटलबाट यादवलाई पक्राउ गरिएको प्रदेश–१ प्रहरी कार्यालयका डिआइजी ईश्वरबावु कार्कीले बताए ।

धरान–१३ स्थित भेडेटार जाने बाटोमा रहेको डुकु होटलमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । किशोरीले  उनीविरुद्ध जबर्जस्ती करणी विरुद्धको जाहेरी दिएको डिआइजी कार्कीले बताए । उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट अध्यक्षमा निर्वाचित भएका थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)