nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बन्याे अालाेककाे शब्द अनि सशानकाे निर्देशनमा हस्तिकलाकारहरूकाे भिडियाे

376A2178-1024x683-664x443-1482224738.jpg

आइतबार राजधानीको चोभर डाडामा नेपाली चलचित्र क्षेत्रका हस्ती अभिनेताहरुको अभिनय रहेको देशभक्ति गीत ‘जय जय नेपाल..’को छायांकन संपन्न भएको छ ।

महानायक राजेश हमाल देखि सरोज खनाल ,अभिनेत्री सरिता लामिछाने ,निर्माता तथा कलाकार नवल खड्का, निर्देशक शोभित बस्नेत,उत्तक केसी, निर्मल शर्मा (गैड), गणेश गिरी, डिजाइनर सुन्दर श्रेष्ठ,इकु सुलेमान ,एलिशा राई,दर्पण राई , नीराजन प्रधान ,शरवानी पाण्डे,जून श्रेष्ठ,इन्जिनियर रामहरी फुयाल,रंगपत्रकार आरडि श्रृखला, कुबेर गिरी लगायत अन्य धेरै कलाकारको जय जय नेपाल..’को म्युजिक भिडियो फीचरिंग गरिएको छ

म्युजिक भिडियोमा निर्देशक सशान कडेलले सबै कलाकारहरुलाई नेपाली पोशाकमा प्रस्तुत गराएका थिए ।अभिनेता राजेश हमाल देखि सरोज खनाल सम्मले देशभक्ति गीत भएकोले यति धेरै कलाकार एक्कै ठाउमा जम्मा भएर म्युजिक भिडियोमा अभिनय गरेको बताउनु भयो गायक सिडी बिजय अधिकारी र मनीषा राईको स्वर रहेको ‘जय जय नेपाल..’लाई अलोक चामलिंग राईले लेख्नु भएको हो ।उत्सव दाहालको छायांकन ,श्रीजन बरालको नुत्य निर्देशन रहेको गीतलाई छिट्टै सम्पादन सकाएर सार्वजनिक गरिने निर्देशक कडेलले बताए ।