nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बज्रवाराहीमा दशै विशेष बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने 

थाहानगरमा कला र संस्कृतिमा सक्रियता बढाउँदै गरेको नवप्रतिभा साँस्कृतिक युवा क्लबले दशै विशेष बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । 

हिन्दुहरुको महान चाड वडादशैको अवसरमा बिजया दशमिको अघिल्लो दिन अर्थात नवमीको दिनमा थाहा नगरपालिकाको बज्रबाराही स्थित सरस्वती बजारमा वृहत्त साँस्कृतिक कार्यक्रम आयोजना गर्ने लागेको हो ।

राष्ट्रिय स्थानीय तथा कलाकारहरको बेजोड प्रस्तुति सहित कार्यक्रम आयोजना हुने क्लबका अध्यक्ष रामकाजी महर्जनले जानकारी दिए । कार्यक्रम आयोजनाका लागि तयारीको अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ । 

क्लबले विभिन्न समयमा विभिन्न साँस्कृतिक कार्यक्रमहर उत्कृष्ट रुपमा कार्यक्रम आयोजना गर्दै आएकोमा यस पटक पनि कार्यक्रम भव्य र सभ्य रुपले सफल बनाउनको लागि कार्यक्रममा उपस्थितिको लागि क्लबले सम्पुर्णमा अनुरोध गरेको छ । कार्यक्रम १३ असोज दिउँसो २ बजे बज्रबाराहीको सरस्वती बजारमा सुरु क्लबले जनाएको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)