nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बजेट भाषणले कर्मचारीलाई यसरी छोयो

Karmachari-1527596574.jpg

सरकारले कर्मचारीहरुको तलब नबढाएर महंगी र पोशाक भत्ता बढाएको छ । महंगी भत्ता मासिक १ हजार र पोशाक भत्ता मासिक २ हजार ५ सय रुपैयाँले बढाएको हो । 
यसअघि मासिक एक हजार रुपैयाँ मासिक भत्ता र वार्षिक साढे ७ हजार रुपैयाँ पोशाक भत्ता सबै तहका कर्मचारीहरुले पाउने गर्दथे । पोशाक भत्ता निजामती सेवाका कर्मचारीहरुसँगै स्वास्थ्य सेवा र शिक्षकहरुले पनि पाउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

यसअघि कर्मचारी ट्रेड युनियनले तलब भत्ता बढाउन अर्थमन्त्रीलाई दबाव दिएका थिए । हरेक दुई-दुई वर्षमा कर्मचारीहरुको तलब समायोजन गर्ने कानुनी व्यवस्था छ । सरकारले पछिल्लो पटक २०७३ सालमा कर्मचारीको तलव वृद्धि गरेको थियो । पछिल्लो १० वर्षको अवधिमा सरकारले ६ पटकसम्म तलव पुनरावलोकन गरेको छ ।

पुनः तलब सुविधा पुनरावलोकन गरी सुझाव दिन उच्चस्तरीय तलव आयोग गठन गरिने अर्थमन्त्री खतिवडाले बताए ।

बीमा २ लाख, ५० प्रतिशत कर्मचारीले व्यहोर्ने

यसैगरी कर्मचारीहरुको बीमांक रकम पनि सरकारले बढाएको छ । यसअघि कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरको बीमा हुन्थ्यो । अब भने थप एक लाख थपेर बीमांक रकम २ लाख रुपैयाँ पुर्‍याइएको छ । यसमध्ये ५० प्रतिशत सरकारले र बाँकी ५० प्रतिशत सम्बन्धित कर्मचारीहरुले व्यहोर्नुपर्ने छ ।

पेन्सनको दायीत्व कम गर्नेबारे सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने गरिने छ ।

सरकारले कर्मचारी सन्चय कोषबाट कर्मचारी आवास योजना सन्चालन गर्ने छ । न्यूनतम लागतमा निर्माण गरिने त्यस्ता घरहरु निश्चित मापदण्डको आधारमा लागत मूल्यमा १० प्रतिशत थप गरी सन्चयकर्तालाई वितरण गरिने बजेट बक्तव्यमा उल्लेख छ ।

अनलाइनखबरबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)