nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बकैयामा सम्पन्न माझी गोल्डकपका उपाधि रामेछापलाई

majhi-1572141084.jpg

मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका वडा नंबर ४ जुरेलि खेलमैदानमा भएको प्रथम राष्ट्रिय माझी गोल्डकप प्रतियोगितामा उपाधि रामेछापले हात पारेको छ ।

शनिबार भएको फाईनल खेलमा रामेछापले सिन्धुलीलाई ट्राइब्रेकर ३-० गोलअन्तरले पराजित गरेको हो । ट्राइब्रेकरको अवसरलाई सदुपयोग गर्दै रामेछापका लागि मनोज माझी,नवीन माझी र श्रीकृष्ण माझीले गोल गरेका थिए । उता सिन्धुलीको तर्फबाट सबै प्रयास असफल भएपछि रामेछापले गोल्डकपको उपाधी हात पार्न सफल भएको हो । प्रतियोगितामा सिन्धुलीका गोल रक्षक सुमन माझी खेलको म्यान अफ द म्याच बन्न सफल भए । ।

गोल्डकप विजेता रामेछाप १ लाख रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । यस्तै, उपविजेता बनेको सिन्धुलीले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा सिन्धुलीका विशाल माझी सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै, रामेछापका श्रीकृष्ण माझी उत्कृष्ट मिडफिल्डर, रामेछापकै माइते माझी उत्कृष्ट गोल रक्षक तथा सिन्धुलीका प्रकाश माझी उत्कृष्ट डिफेन्डर भए । रामेछापका पुजारी माझी उत्कृष्ट प्रशिक्षकको उपाधी हासिल गर्न सफल भए । प्रतियोगितामा समान ५–५ गोल गर्दै सुनसरीका देवकुमार माझी र रामेछापका मनोज माझीले बढी गोलकर्ता घोषित भए । उनीहरुलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)