nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बकैयामा खेलकुद समिती गठन

Sports-1543987926.jpg

बकैया गाउँपालिकामा १८ मंसिरमा खेलकुद विकास समिती गठन गरिएको छ । बकैया गाउँपालिकामा आज भएको कार्यक्रममा बकैया गाउँपालिकाको खेल गतिविधि सन्चालन तथा बिकास गर्न पालिका स्तरिय बिकास समिती गठन गरेको हो । 

बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालको अध्यक्षता बसेको पुर्ण बैठकले प्रकाश वाइवाको अध्यक्षतामा १७ सदस्यीय बकैया खेलकुद समन्वय समिती गठन गरेको हो । समितिको उपाध्यक्षमा बिस्नु नेगि, सचिव यादव चौलागाईं, कोसाध्यछमा बासुदेव घलान तथा उपसचिवमा देव बहादुर मोक्तान रहेका छ्न । १७ सदस्यीय कार्यसमितिमा पालिकाको १२ वडाबाट १२ जनाको प्रतिनिधित्व छ । भने बाकी ५ जना अध्यक्षले मनोनयन गर्नेछ्न ।

समितिले बकैयाको खेल गतिबिधी तथा खेलकुद प्रबर्द्धनको गतिविधि सन्चालन अनुगमन तथा योजना निर्माण गर्ने निर्वाचित अध्यक्ष वाइवाले बताए । 

-यादव चौलागाईं, छतिवन



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)