Friday, 14th August, 2026
वि.स.

फ्रान्स र रोमानिया पठाइदिने भन्दै १३ लाख ठगी, दुई जना पक्राउ

pakrau-final-1785668310.jpg

वैदेशिक रोजगारीका लागि फ्रान्स र रोमानिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ३३ वर्षीय सागर उप्रेती र २५ वर्षीय कृष्णकुमार उपाध्यायलाई पक्राउ गरेको हो ।

सागर उप्रेतीले फ्रान्स पठाइदिने प्रलोभन देखाई एक जना पीडितबाट ९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ । उनलाई काठमाडौं महानगरपालिका-३१ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, कृष्णकुमार उपाध्यायले रोमानिया पठाइदिने भन्दै एक जना पीडितबाट ४ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१२ क्षेत्रबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको उजुरीका आधारमा अनुसन्धान गरी दुवै जनालाई पक्राउ गरिएको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif