nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

फिल्म फेस्टिभलले थाहाको पर्यटनमा टेवा पुग्ने : सांसद बर्तौला

ftv3-1701352946.jpg

मकवानपुरको २ नम्बर क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले थाहा फ्लिम फेस्टिभलले थाहा नगरको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । “पर्यटनको लागि फ्लिम फेस्टिभल“ भन्ने मुल नाराको साथ थाहा कला केन्द्रको आयोजनामा सप्ताहव्यापी रुपमा संचालन भइरहेको थाहा फ्लिम फेस्टिभलमा बोल्दै सचेतक बर्तौलाले यस्तो बताएको हुन् । बर्तौलाले चलचित्रको माध्यमबाट पर्यटन क्षेत्रको विकासलाई सार्थक दिन यस्ता कार्यक्रमहरु आयोजना हुनुपर्नेमा जोड दिए । 

थाहा फ्लिम फेस्टिभलको आज १४ मंसिरमा छैठौँ दिन नेपाली कथानक चलचित्र द सेक्रेट अफ राधा,  नेपाली सर्ट फिल्म मलामी र डकुमेन्टरी फिल्म गड्स बफेलो प्रदर्शन गरिएको थियो भने १५ मंसिर सातौं दिन नेपाली कथानक चलचित्र डेशान र सुनाखरी नामक वृत्तचित्र प्रदर्शनी सहित समापन कार्यक्रम रहने फेस्टिभल आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिए ।

छैठौँ दिन राधाका निर्देशक सुवर्ण थापा, निर्माता अनुप थापा तथा चलचित्र राधाकै को–प्रोडुसर उमेश गुप्ताको उपस्थिति रहेको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)