Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रेस सेन्टर नेपालको ३ नम्बर प्रदेशको अध्यक्षमा मकवानपुरका सुनिल खड्का

काठमाण्डौमा भएको प्रेस सेन्टर नेपालको ३ नम्बर प्रदेशको अध्यक्षमा मकवानपुरका सुनिल खड्का निर्वाचित भएकाछन् । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरको प्रदेश अध्यक्ष भएका खड्का लामो समयदेखि मकवानपुरमा क्रियाशील पत्रकार हुन् ।
उनी मकवानपुरको रेडियो निकासका अध्यक्ष, निकास साप्ताहिकका प्रकाशकका साथै अरु थुप्रै संचार माध्यममा आवद्ध छन् । मकवानपुरमा ग्रामिण क्षेत्रलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्दै आएका खड्काको पत्रकारिताको इतिहाँसमा मकवानपुरमा ठूलो देन रहेको छ । उनलाई मकवानपुरका पत्रकारहरुले निर्वाचित भएपश्चात् सामाजिक संजाल र फोनबाट बधाई दिनेहरुको लर्को लागेको छ ।
३ नंम्बर प्रदेश अध्यक्ष भएका सुनिल खड्कालाई विकासखबर डटकम परिवार हार्दिक बधाई ज्ञापन गर्दे कार्यकालको सफलताको कामना गर्दछ ।