Tuesday, 20th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

प्रहरी जवान २३ दिनदेखि वेपत्ता

IMG_20210708_101250-1625718485.jpg

गाेरखाकाे सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ३१ वर्षीय मोहनसिंह कुँवर २३ दिनदेखि सम्पर्कविहीन भएका छन् । घर बिदाबाट फर्किएका कुँवर १ असारमा खोर्लाबेंसीबाट कार्यक्षेत्र सामागाउँतर्फ लागेदेखि नै सम्पर्कविहीन छन् ।

घर बिदाबाट कार्यक्षेत्र फर्केका प्रहरी जवान २३ दिनदेखि सम्पर्कविहीन बनेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले बताए । ‘गोरखा बजारबाट साथीहरूसँग लिफ्ट मागेर जेठ ३१ गते खोर्लाबेंसीसम्म गएको जानकारी पायौं,’ उनले भने, ‘त्यो बेला त्यो एरियामा मोबाइल नेटवर्क पनि थिएन, फोन पनि अफ छ ।’


उनका अनुसार १ असारमा खोर्लाबेंसीबाट सामागाउँतर्फ गएको जानकारी पाए पनि हालसम्म सम्पर्क भएको छैन । कञ्चनपुर वेदकोट नगरपालिका–२ घर भएका प्रहरी जवान कुँवर गत चैतबाट सामागाउँ प्रहरी चौकीमा कार्यरत थिए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg