nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रथम “ईन्द्रसरोवर रनिङ शिल्ड” हुने

MG_5961a-1523869530.jpg

मकवानपुर जिल्लाको उत्तरी क्षेत्र स्थित ईन्द्रसरोवर गाउँपालिकामा प्रथम गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता “ईन्द्रसरोवर रनिङ शिल्ड” हुने भएको छ । ईन्द्रसरोवर युवा तथा खेलकुद बिकास समितिको आयोजना र ईन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुने भएको हो । यहि बैशाख ५ गतेबाट सुरु हुने “इन्द्रसरोवर रनिङ शिल्ड” प्रतियोगिता ईन्द्रसरोवर गाउपालिका वडा नं २ कुलेखानीको हेबी स्थित खेल मैदानमा सञ्चालन हुने जनाइएको छ । गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा गाउँपालिका भित्रका खेलाडीहरुको टिम तथा क्लबले मात्र प्रतियोगितामा सहभागीता जनाउने सकिने आयोजकले बताए । 
प्रतियोगिताको बिजेता टिमले ५० हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले २० हजार रुपैयाँ तथा तेस्रो हुने टिमले नगद १० हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई शिल्ड, मेडल सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
टिम दर्ताको लागि सुचना जारी गर्दै आयोजक समितिले प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमले ५ हजार बुझाउनु पर्ने र प्रत्येक खेलाडीको नागरिकताको फोटो कपी वा जन्मदर्ता प्रमाणपत्र अनिवार्य बुझाउनु पर्ने जनाएको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।