Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पुर्नसंरचनाः थाहानगरमा शिक्षाको दुई क्लस्टर

school-1504063261.jpg

जिल्ला शिक्षा कार्यालय मकवानपुर अन्तर्गत साविक श्रोत केन्द्र र स्थानीय तहको संरचनामा तालमेल नमिलेपछि स्थानीय तह अनुसार श्रोत केन्द्र निर्धारण गर्न प्रक्रिया शुरु गरिएको छ । श्रोत केन्द्र निर्धाण नहुँदासम्म स्थानीय तहलाई विभिन्न क्लस्टरहरुमा विभाजन गरी सोही अनुसार श्रोत व्यक्तिहरु खटाइएको जिल्ला शिक्षा कार्यालय मकवानपुरका सहायक जिल्ला शिक्षा अधिकारी एवम् सूचना अधिकारी शम्भुप्रसाद पौडेलले जानकारी दिए । 

शिक्षा कार्यालयको पछिल्लो निर्णय अनुसार थाहा नगरपालिकामा २ वटा क्लस्टर निर्धारण गरिएको छ जसअनुसार थाहा नगरपालिकाको ५ ,६, ९, १० ११ र १२ नम्बर वडालाई एउटा क्लस्टर तोकेर गरी रामकुमार ठाकुरलाई स्रोत व्यक्तिको जिम्मेवारी दिइएको छ । त्यस्तै थाहा नगरपालिकाकै १, २, ३, ४ ७ र ८ नम्बर वडाका विद्यालयलाई एउटा क्लष्टरमा राखी ठाकुर वर्तौलालाई स्रोत व्यक्तिको जिम्मेवारी दिइएको छ । 

जिल्ला शिक्षा कार्यालयका कर्मचारी, विद्यालय निरीक्षक र स्रोत व्यक्तिसँगको सल्लाहमा स्थानीय तहको संरचनाअन्तर्गत विद्यालयहरुलाई विभाजन गरी अस्थायी स्रोत केन्द्र तोकेर काम गर्न स्रोत व्यक्तिलाई जिम्मेवारी दिइएको शिक्षा कार्यालयले जनाएको छ । शिक्षा कार्यालयका अनुसार साविक आग्रा, दामन र पालुङ एउटा क्लस्टरमा परेका छन् भने चित्लाङ, टिस्टुङ र बज्रवाराही अर्को क्लस्टरमा परेका छन् । यसअघि पनि बज्रवाराही, चित्लाङ र टिस्टुङ एउटै क्लस्टर अन्तर्गत रहेका थिए । आग्रा भने डाँडाखर्क र गोगने सहभागी श्रोत केन्द्रमा थियो । स्थानीय तहको पुनर्संरचनाअनुसार आग्रा थाहातिर र गोगने र डाँडाखर्क कैलाशतिर परेपछि सोही अनुसार शिक्षामा पनि पुनर्संरचनाको अभ्यास गरिएको हो । 

आग्रा श्रोत केन्द्रमा यसअघि रामकुमार ठाकुर श्रोतव्यक्ति थिए । उनलाई बज्रवाराही क्लस्टरको जिम्मेवारी तोकिए पनि कैलाश गाउँपालिकाकै १, २, ५ र ६ नम्बर वडाका विद्यालयको स्रोत व्यक्तिको जिम्मासमेत दिइएको छ । कैलाशको १, २, ५ र ६ वडाहरु साविक गोगने र डाँडाखर्क गाविसमा पर्दछन् । कैलाश गाउँपालिकाको वडा नम्बर ३, ४, ७, ८, ९ र १० नम्बर वडाको क्लस्टरमा भने सूर्यप्रसाद घिमिरेलाई श्रोत व्यक्ति तोकिएको छ । यता इन्द्रसरोबर गाउँपालिकालाई एउटै क्लस्टर मानिएको छ र त्यहाँ ज्ञानेन्द्र दाहाललाई स्रोत व्यक्ति तोकिएको छ ।

अन्य क्लस्टरहरुमा हेटौंडा–१,३, ११ र १९(राजेश घिमिरे), हेटौंडा–२,४,५,७,८,९ र १० नम्बर वडा (किरणकुमार आचार्य), हेटौंडा १२, १३, १४ र १५(नारायणप्रसाद भण्डारी) र हेटौंडा ६, १६, १७ र १८(केशब सञ्जेल) क्लस्टर तोकिएका छन् । त्यस्तै श्रोत व्यक्तिहरु मोदनाथ पोखरेल (बकैया , ९ ,१०, ११ र १२), ललन चौधरी (बकैया १–६), गोविन्दप्रसाद चौलागाई(भीमफेदी १,२,३,४ र ९, पूर्णभद्र भुषाल (भीमफेदी ५–, जनकराज पन्त(मकवानपुरगढी)तोकिएका छन् । रमेश शर्मा(मनहरी रामु दराई (राक्सिराङ १–५), केशब सञ्जेल(राक्सिराङ ७, ८ र ९, रविन्द्रप्रसाद चौधरी(बागमति तोकिएका छन् । 

यसरी तोकिएका स्रोत व्यक्तिहरुले आफ्नो क्लष्टरका विद्यालयहरुसँग सल्लाह गरी सबैलाई पायक पर्ने विद्यालयबाट बैठक, छलफल तथा स्रोत केन्द्रको कामकारबाही अघि बढाउने छन् । .