nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङमा चङ्गा चेट, प्रेमभक्त भए वेष्ट

विजया दशमी २०७४ को अवसरमा पालुङ युवा समाज पालुङको आयोजनामा थाहा नगरपालिका वडा नम्बर २ मा चङ्गा चेट प्रतियोगिता भएको छ ।

तीस जनाको सहभागिता रहेको प्रतियोगितामा पालुङका प्रेमभक्त नापित विजयी भएका छन । विजयी नापितले नगद पुरस्कार पाएका छन् । पालुङ युवा समाजले समाजका विविध क्षेत्रहरूमा कार्यक्रमहरु गर्दै आइरहेकोमा वर्तमान समयमा परम्परागत रुपमा चङ्गा उडाउने चलन लोपहुदै गएकोले प्रतियोगिताको आयोजना गरिएको समाजका अध्यक्ष बिजय बिक्रम श्रेष्ठले  जानकारी दिए ।

युवा पुस्तालाई परम्परागत चलनहरुको जानकारी दिनको लागि प्रतियोगिता उपलब्धीमुलक भएको अध्यक्ष श्रेष्ठले प्रतिक्रिया दिए । चङ्गा चेट प्रतियोगिता आगामी वर्षहरुमा अझ बृहत रुपमा आयोजना गर्ने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)