nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पारिश्रमिक बिनाको सेवामूलक कार्यबारे अभिमुखीकरण

समाजका अधिकांश महिलाहरु पारिश्रमिक बिनाको सेवामूलक काममा संलग्न भइरहेको सन्दर्भमा त्यसबारे जानकारी दिने उद्देश्यले ५ कात्तिकमा मकवानपुरको हाँडीखोलामा पारिश्रमिक बिनाको सेवामुलक कार्यबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । 
महिलाहरु यस्ता पारिश्रमिक बिनाको सेवामुलक कार्यमा संलग्न हुँदा आर्थिक आम्दानी हुने काम तथा सामाजिक काम र प्रतिनिधित्वमा कमी आएको छलफलमा निश्कर्ष निकालिएको छ । पारिश्रमिक बिनाको कामको पहिचान, पुर्नवितरण, न्यूनीकरण र प्रतिनिधित्व जस्ता विषयमा समुदायका महिलाहरुलाई जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो । घरायसी कामहरुको पहिचान गर्दै त्यसलाई संविधानले समेत महत्व दिई सम्बोधन गरेको सन्दर्भमा यस्ता कामको विषयमा समुदायका महिलाहरुलाई जानकारी दिइएको थियो । एक्सन एड् को आर्थिक तथा प्राविधिक सहयोगकमा मकवानपुर महिला समुहले कार्यक्रम सञ्चालन गरेको हो ।
समुदायको अगुवाईमा सामुदायिक पुर्ननिर्माण (सिएलआरपी) कार्यक्रम अन्तर्गत महिला सुरक्षित स्थानमा सहभागी महिला तथा महिला अधिकार मञ्चका महिलाहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो । यस्ता कार्यक्रम सिएलआरपी परियोजना लागु भएका सबै क्षेत्र (हाँडीखोला, चुरियामाई, बसामाडी, हटिया र पदमपोखरी)मा सञ्चालन गरिने जनाइएको छ । मकवानपुर महिला समूहकी फिल्ड अफिसर शुभलक्ष्मी विश्वकर्मा, सामाजिक परिचालक सुनकेशरी थिङ्ग र सुनिता लुइटेलले यस विषयमा रहेर सहजीकरण गरेका थिए ।