nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पहिलो सस्करणको मिस्टर एण्ड मिस रोट्याक्टको आवेदन खुल्यो, अनलाईन मार्फत आवेदन दिन सकिने

पहिलो सस्करणको मिस्टर एण्ड मिस रोट्याक्टको आवेदन खुल्ला गरिएको छ । रोटरी डिस्ट्रक्ट ३२९२ नेपाल भुटानको आयोजनामा हुने मिस्टर एण्ड मिस रोटयाक्टको पहिलो संस्करणकोे लागी आवेदन खुल्ला गरेको कार्यक्रम संयोजक रोट्याक्टर सुमित वर्जाचाार्य जानकारी दिए । रोटरी डिस्ट्रक्ट ३२९२ को आयोजना तथा रोट्याक्ट क्लव अफ पाटन साउथ, हिमालय पाटन, जाउलाखेल मन्जुश्री, स्वयंवु भैसेपाटी, न्युरोड सिटी र रोट्याक्ट क्लव अफ थेम्स कलेजको संयुक्त व्यवस्थापन र युनी क्याम्पसको सहयोगमा हुने भएको हो ।

रोटयाक्टमा आवद्ध युवाहरुको क्षमता प्रवद्धधन गर्न, रोटरी तथा रोट्याक्टको छवीलाई थप उचाईमा पु¥याउन प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएकोे छ । नेपाल भरी छरिएर रहेको १२० वटा क्लवहरुमा आवद्ध युवा युवतीहरुले प्रतियोगितामा भाग लिन पाउने कार्यक्रम विकास समितिका संयोजक रोट्याक्टर स्नेह शाक्यले बताए । 

प्रतियोगितामा विजेता हुनेले नगद एकलाख रुपैया सहित रोटरी डिस्टीक ३२९२ नेपाल भुटानको को व्राण्ड एम्वेस्डर हुनेछ  भने अन्य पुरस्कार तथा मायाको चिनो प्राप्त गर्ने छन । 

प्रतियोगिताको लागी पहिलो अडिशन देशको मुख्य शहरहरु धरान, नारायणगढ, बुटबल, पोखरा र काठमाण्डौ गरी ५ ठाउँमा हुनेछ । काठमाण्डौ बाहेक बाँकी शहरहरुमा नोभेम्वर ४ मा कार्यक्रम तय गरिएको छ भने काठमाण्डौको लागी अक्टोवर २८ मा कार्यक्रम तय गरिएको आयोजकले वताएको छ । धरानमा रोट्याक्ट क्लव अफ धरान घोपा, नारायणगढमा रोट्याक्ट क्लव अफ नारायणगढ, बुटवलमा रोट्याक्ट क्लव अफ बुटवल र रोट्याक्ट क्लव अफ तिलोतमा रुपन्देही र पोखरामा रोट्याक्ट क्लव अफ पोखरा न्युरोड क्लवको व्यवस्थापनमा कार्यक्रम संचालन हुने भएको हो । अहिले प्रतियोगिताको प्रचार प्रसारलाई तिव्र बनाईएको प्रचार प्रशार समितिका सदस्य रेशम घिमिरेले बताए । 

प्रतियोगीतामा सहभागी हुनको लागीे लागी अनलाईन अनलाईन दर्ताको व्यवस्था मिलाईको छ भने, सहभागी हुन चाहने रोट्याक्टका सदस्यहरुले http://mrandmsrotaract.com मा लग अन गरि अक्टोवर २० सम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

कसरी सहभागी हुने हेर्नुहोस् भिडियो ।

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)