Tuesday, 21st July, 2026
वि.स.

पहिराेले घर पुरिँदा फूलमायाकाे ज्यान गयाे

IMG_20240928_212915-1727538291.jpg

पहिरोले घर पुरिदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ।

मकवानपुरको बागमती गाउँपालिका–३ स्थित सुख्खा सल्लेनीमा पहिरोले घर पुरिदा २० बर्षीया फूलमाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

१२ असाेज (आज) दिउँसो घरमाथिबाट आएको पहिरोले घर पुरिदा फूलमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार परिवारका अन्य सदस्यहरुले भने भागेर ज्यान जोगाएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०