nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पर्यटन प्रवद्र्धनका लागि ‘इन्द्रसरोवर काव्य उत्सव २०७४’ हुने

मकवानपुरको इन्द्रसरोवरमा ‘इन्द्रसरोवर काव्य उत्सव २०७४’ हुने भएको छ । पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले दशेकै एक मात्र मानव निर्मित ताल इन्द्रसरोवर (कुलेखानी) मा इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा १८ र १९ फागुनमा काव्य उत्सव हुन लागेको हो । पर्यटनका लागि साहित्य भन्ने नारा सहित कार्यक्रम हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन पुनले जानकारी दिए । 

काठमाण्डौसंग जोडिएको क्षेत्र भएपनि सोचेजस्तो पर्यटन प्रवद्र्धन नभएकोले उत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । ‘ओझेलमा परेको ठाउँलाई साहित्यको माध्यमबाट प्रचारमा ल्याउन काव्य उत्सव आयोजना गरेका हौं’ प्रमुख प्रशासकीय अधिकत पुनले भने । 

कार्यक्रममा देशका विभिन्न स्थानबाट कविहरुको सहभागिता रहने पुनले जानकारी दिए । काव्य उत्सवको अवसरमा माविस्तरीय कविता प्रतियोगिता, डुङ्गामा दीप प्रज्वललन तथा डुङ्गामै संगितसंगै कविता वाचन, मकवानपुरको पर्यटन र साहित्यमा अवसर, चुनौति र संभावना विषयक कार्यपत्र प्रस्तुत रहने पुनले जानकारी दिए ।

काव्य उत्सवको अवसरमा ताल किनारामा कविता वाचनको कार्यक्रम समेत तय भएको छ । सो अवसरमा प्रशिद्ध साहित्यकारहरु अनिता न्यौपाने, अप्सरा तिम्सिना, असीम सागर, ईश्वर कँडेल, उषा शेरचन, छवि अनित्य, जोतारे धाइबा, ज्योति जङगल, नवराज पराजुली, नवीन प्यासी, निमेष निखिल, प्रकाश रम्घाली, प्रतिमा पाठक, प्रोल्लास सिन्धुलीय, फूलमान बल, बिना थिङ तामाङ, बाबु त्रिपाठी, बिर्खे अन्जान, भूपिन, मनु मन्जिल, रन्जना निरौला, रमेश क्षितिज, राजेन्द्र पराजुली, राम अविकास, रावत, विप्लव ढकाल, संगीत श्रोता, सुदेश सत्याल, सुवास खनाल, सौरभ कार्की, हेम प्रभास र हेमन यात्रीलगायतको सहभागीता रहने पुनले जानकारी दिए । कार्यक्रमको सामुदायिक रेडियो इन्द्रसरोवर १०५.८ बाट प्रत्यक्ष प्रशारण गरिने रेडियोका अध्यक्ष मणिराज थापाले जानकारी दिए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)