nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा मणिराज गौतम निर्वाचित [कस्ले कति मत पाए, हेर्नुहोस्]

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट संघको मकवानपुर शाखामा मणिराज गौतम अध्यक्षमा निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालको लोकतान्त्रिक प्रगतिशील गठबन्धनको संयुक्त उम्मेदवार बनेका युनियनका गौतम सहित सम्पूर्ण प्यानलनै निर्वाचित भएको हो ।

नयाँ नेतृत्वका लागि २५ चैतमा भएको मतदानबाट गौतमले प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार बनेका बालकृष्ण अधिकारीलाई ४४ मतमतान्तरले पराजित गर्दै गौतम पत्रकार महासंघ मकवानपुरका अध्यक्षमा निर्वाचित भएका हुन् । गौतमले १०० मत प्राप्त गर्दैगर्दा चौतारीबाट उम्मेदवार बनेका अधिकारीले ५६ मत मात्र प्राप्त गरेका थिए । गौतम रेडियो थाहा सञ्चार हेटौंडाका स्टेसन म्यानेजर, सिधाखबर डटकमका प्रधान सम्पादक रहेका छन् । अधिकारी भने कान्तिपुर टेलिभिजनका मकवानपुर सम्वाददाता हुन् । महासंघको उपाध्यक्षमा धुव्र अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ९३ प्राप्त गर्दा प्रेस चौतारीका राजन दाहालले ६५ मत प्राप्त गरेका थिए ।

.

यस्तै, महिला उपाध्यक्षमा सरला अधिकारी निर्वाचित भएकी छिन् । उनले ८५ मत ल्याउदा चौतारीबाट उम्मेदवार बनेका सम्झना रिजालले ७३ मत प्राप्त गरिन् । महासंघ सचिवमा चौतारीका रामशरण दुलाललाई पराजित गर्दै गठबन्धनकी शुभलक्ष्मी विश्वकर्मा विजयी बनेकी छिन् । विश्वकर्माले ७८ मत प्राप्त गर्दा दुलालले ७५ मत प्राप्त गरे । यसैगरी सहसचिव समावेशीमा मन्दिरा बानियाँ –मानवी) विजयी भइन् । चौतारीका रुपकराज कालिराजलाई ६० मतले पछि पार्दै बानियाँ वजयी बनेकी हुन् । उनले १०७ मत प्राप्त गर्दा कालिराजले ४७ मत पाएका थिए ।

.

यस्तै, सहसचिव खुलामा स्वतन्त्र उम्मेदवार राज सापकोटालाई २३ मतले र अर्का उम्मेदवार चौतारीका देवराज पन्तलाई २५ मतले हराउँदै गठबन्धनका एमपी शर्मा विजयी भएका छन् । विजयी भएका शर्माले ६८, सापकोटाले ४५ र पन्तले ४३ मत प्राप्त गरेका थिए । महासंघको कोषाध्यक्षमा गठबन्धनका केशव समर्पण सुवेदी (९९) मत ल्याई विजयी भएका छन् । उनले चौतारीका तिलक अधिकारी (६१) लाई पराजित गरेका थिए ।

यस्तै, ७ सदस्यका लागि खुला सदस्यहरुमा सृजना नेपाल (१०४), बलराम पुडासैनी (९५), प्रदिप अधिकारी (९१), विजय पौडेल (८६), अर्जुन सन्जेल (६५), उज्ज्वल अधिकारी (६४) र रेवती प्रसाद (नवीन) तिमल्सिना (६१) मत प्राप्त गरी विजयी भएका छन् । खुला सदस्यमा प्रेस चौतारी, गठबन्धन र स्वतन्त्र उम्मेदवार गरी १६ जना उम्मेदवार रहेका थिए । जसमा अशेष ढुङ्गाना (४१),जीवराज बख्रेल (६०), दीलबहादुर लामा (५४),नानीमाया सापकोटा (५६),प्रमोद अर्याल(४०), प्रेमकला पौडेल(प्रिया) (४२), सुमन दाहाल(३५), सुशन लामिछाने(४६) र होमनाथ (यादव) चौलागाई(३४) मत प्राप्त गरेका थिए ।

.

यस्तै सदस्य महिलामा गठबन्धनबाट रुपा गुरुङ (७९),आदिवासी जनजातिमा नवराज वाइवा (९१) सदस्य मधेसीमा आदित्य कर्ण (७६) मत पाउँदै विजयी भएका छन् । उनीहरुले क्रमश प्रतिक्षा न्यौपाने (७२), अजिता नगरकोटी(५६) र मनिल महत्तो (६९) लाई पराजित गरेका थिए ।

सदस्य दलितमा शान्ति सुनार निर्विरोध निर्वाचित भएकी छिन् । त्यस्तै केन्द्रिय परिषद सदस्यमा राजन दाहाल (खुसराज) र भानुभक्त आचार्य निर्वाचित भएका छन् । दाहालले ९२ मत र आचार्यले ८८ मत ल्याई निर्वाचित भएका थिए । चौतारीबाट रामकुमार एलनले ५६ र रिपेश दाहालले ५४ मत प्राप्त गरेका थिए ।

.

केन्द्रिय परिषद (महिला) सदस्यमा नानीमैया विष्ट ८२ मत ल्याई निर्वाचित भएकी छिन्। उनले चौतारीकी सरिता दाहाल (७१) लाई पराजित गरेकी थिइन् । त्यसैगरी प्रदेश सदस्यमा गणेशदर्पण अधिकारी(१२३), शिव चौलागाई (१०९),सुनिल शिवाकोटी (१०७), सुजन ढकाल (१०७),रवीन्द्र गौतम (९४), विश्वराम अधिकारी (विवश)(७८) मत प्राप्त गर्दै निर्वाचित भएका छन्, । अधिकारी, शिवाकोटी, ढकाल र गौतम युनियन आबद्ध हुन भने, चौलागाई र अधिकारी चौतारी निकट हुन् ।

त्यसैगरी प्रदेश परिषदर महिला सदस्यमा आरती ढकाल र भावना रिजाल निर्वाचित भएकी छन् । त्यस्तै आदीवासी जनजाती तर्फ प्रदेश सदस्यमा अशोक सुजन श्रेष्ठ र अमर लामा निर्वाचित भएका छन् । महासंघ मकवानपुरमा १६४ सदस्यमध्ये निर्वाचनमा १६१ जनाले मात्र मतदान गरेका थिए ।