Wednesday, 26th August, 2026
वि.स.

पत्रकार महासंघको सदस्यता नविकरण २५ गतेसम्म

नेपाल पत्रकार महासंघ मकवानपुरमा आबद्ध साधारण सदस्यको सदस्यता नविकरण खुला गरिएको छ । महासंघ केन्द्रीय कार्यालयले पठाएको सूचना बमोजिम महासंघ मकवानपुरको सोमबार भएको नियमित मासिक बैठकले सदस्यता नविकरणको मिति तोकेको हो ।

यही पुष २५ गतेसम्म आवश्यक कागजात र नविकरण शुल्कसहित महासंघका कोषाध्यक्ष सुदीप शिवाकोटी, कार्यसमिति सदस्य पुष्पराज अधिकारी वा चन्द्रबहादुर घलानसंग सम्पर्क राख्न महासंघले साधारणसदस्यहरुमा अनुरोध समेत गरेकोछ ।

यस्तै महासंघको बैठकले महासंघमा पुस्तकालय (लाइब्रेरी) निर्माणको लागि पूर्व अध्यक्ष प्रताप बिष्टको संयोजकत्मा सहसचिव धर्मेन्द्र दाहाल र कार्यसमिति सदस्य सुवास बिडारी रहेको उपसमिति समेत निर्माण गरेको छ । समितिले लाइब्रेरीको लागि आर्थिक संकलन तथा लाइब्रेरी निर्माण समेत गर्नेछ ।

राउतले दिए महासंघलाई एकलाख

मउवा संघका महासचिव महेन्द्र राउतले आफ्नो हजुरबुवा हजुरआमाको स्मृतिमा पत्रकारिता पुरस्कार प्रदान गर्ने गरी पत्रकार महासंघ मकवानपुरलाई एकलाख रुपियाँ सहयोग गरेका छन् ।

सोमबार हेटौंडामा एक कार्यक्रमकाबीच राउतले पत्रकार महासंघका अध्यक्ष हरि हुमागाइँलाई चेक हस्तान्तरण गरेका हुन् । उनले हजुरबुवा मानबहादुर र हजुरआमा पार्वती राउतको नाममा ‘पार्वती–मान पत्रकारिता पुरस्कार’ वितरण गर्ने गरी एकलाख रुपियाँ सहयोग गरेको बताए । एकलाखको ब्याजले पत्रकार महासंघको जिल्ला अधिवेशनको समयमा एकजना पत्रकारलाई नगदसहित पुरस्कार प्रदान गरिनेछ । पत्रकारिता क्षेत्रको विकासमा उद्योगी एवम् व्यवसायीको भूमिका समेत महत्वपूर्ण हुने भन्दै उनले सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

राउतले यसअघि आफूले शिक्षा प्रारम्भ गरेको तनहुँको तालवेशी उच्च मावि शुक्लागण्डकी–९ मा पनि गरिब एवम् जेहेन्दार बिद्यार्थीको छात्रबृत्तिको लागि एकलाखको अक्षय कोष स्थापना गरेका छन् ।

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif