nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पंगेनीले गीत गाउँदा दर्शकको आँशु थामिएन

badri_with_elder_citizen-1474135086.jpg

‘थाहा महोत्सबमा ३१ गते को कलाकार आउने हो ?’
‘बद्रि पंगेनी’
यसपछि उनीहरु भन्थे, ‘पंगेनीले गीत गाउँदा फेरि आमाहरु रुने भए ।’
नभन्दै त्यही भयो । स्टेजमा माइक समाउने वित्तिकै पंगेनीले ‘रातो पछ्यौरी अनि तातो पछ्यौरी ...’ बोलको भाका झिके तर भने, ‘युवतिहरु देखेपछि यही गीत गाउन मन थियो, तर आमाहरु देखेपछि मलाई घरको याद आउँछ, आमाको याद आउँछ, परदेशिएका छोराहरुको याद आउँछ ।’


पंगेनी परदेश जानुको बाध्यतालाई भावुक हुँदै बोलिरहेका थिए । उनले गीत शुरु नगर्दै दर्शक भावुक बनिसकेका थिए, आमाहरुको गहमा आँसु टिल्पिलाउन थालिसकेको थियो । पंगेनीले गाए –‘बिदा पाउँदिन आमा बिदा पाउँदिन, अहिलेको साल पनि घर आउँदिन ।’
अघिल्लो दिन ज्योति मगर आउँदा ज्यान फालेर नाच्ने र होस विराएर चिच्याउने युवाहरु पनि स्तब्ध थिए । अब त झन् गायक पंगेनी मञ्चबाट तल नै आए, दर्शकहरु नजिकै र आमा उमेरका महिलाहरु नजिकै पुगेर गाए । उनीहरु आँशु खसालिरहेका थिए । बद्रिले गाए–‘आमा तिमीले नझार आँशु, तिमी रोए कसरी म हाँसु ।’ 


थाहा नगरको इन्द्रायणी चौरमा भइरहेको १० दिने थाहा महोत्सवको तेस्रो दिन महोत्सवमा बद्रिं पंगेनी आएका थिए । उनले महोत्सबमा उपस्थितलाई आग्रह गरे, ‘यो यथार्थ हो, नेपालीको अवस्था यस्तै छ । बरु अब छोरा फर्केपछि फेरि बिदेश नपठाउनुहोस् । बरु एक छाक खाएर बसौंला ।’ 
त्यसो त पंगेनीले त्यसपछिको प्रस्तुतिमा केही रमाइला गीत  गाएका थिए ।