Tuesday, 28th July, 2026
वि.स.

न्युजिल्यान्ड र पोर्चुगल पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

thagi-1785225903.jpg

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई न्युजिल्यान्ड र पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–१० बस्ने रुपन्देही घर भएका ५१ वर्षीय राजकुमार भण्डारी र काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१२ बस्ने ओखलढुंगा घर भएका २९ वर्षीय सुरेश घिमिरे रहेका छन् ।

प्रहरीका अनुसार राजकुमार न्युजिल्यानड पठाइदिने भन्दै दुई जना पीडितबाट तीन लाख र सुरेश पोर्चुगल पठाइदिने भन्दै एक जना पीडितबाट १८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०